बाँके । चर्चित हाँस्य कलाकारहहरु मंगलबार सरसफाई अभियानमा सहभागी भएका छन् । गाईजात्राको बेला प्राय हाँस्य कलाकारहरु प्रहसनमा व्यस्त हुँदै गर्दा सोही क्षेत्रका कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), सुरबीर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल (चम्सुरी)ले मंगलबार कोहलपुरको सडक सफा गरेका हुन् ।
बैंक अफ काठमाण्डौले सुदुरपश्चिम शाखाले आयोजना गरेको कार्यक्रम सहभागी हुँदै उनीहरुले शहर मात्र नभई मन पनि सफा राखौं भन्ने भावना सबैमा हुनुपर्ने बताए ।
उनीहरु मंगलबारै दाङ र नवलपरासी पुगेर सफाई अभियानमा सहभागी हुने जनाइएको छ । शहर मात्र नभई मन पनि सफा राखौं भन्ने नाराका साथ सुरु भएको सो अभियानको बैंक अफ काठमाण्डौका ब्राण्ड एम्बेस्डर समेत रहेका सिताराम कट्टेलनै उद्घाटन गरेका थिए ।



