श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौँ नै फर्काएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।