काँकडभिट्टा — हात्तीको आक्रमणमा परी सोमबार बिहान एक वृद्धाको ज्यान गएको छ । एक घाइते भएकी छन् ।

झापा, मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । यो टोल धुलाबारी मावि नजिकै छ।

प्रहरीका अनुसार पूजा गर्न घरबाहिर निस्केकी साहलाई बिहान ५ बजे घर नजिकै हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, हात्तीको आक्रमण बुद्वशान्ति गाउँपालिका- ५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भइ उपचारकाे लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएकाे छ ।

साहलाई आक्रमण गरेपछि हात्ती आक्रामक भइ उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको प्रहरीले जनााएको छ। ईकान्तिपुर बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah