बिष्णुप्रसाद पोखरेल
दमक/ ५ दिनदेखि दमकको शब्जि बजार अन्धकार भएपछि आक्रोशित बनेका यहाँका ब्यवसायिहरुको समस्या मंगलवारदेखि सामधान भएको छ ।
सोमबार बिहान शब्जि बजारमा नै ब्यवसायिले बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल सहित पदाधिकारीहरुलाइ समस्या सामधान गरिदिन आग्रह गर्दै घेराउन नै गरेका थिए ।
दमक उद्योग बाणिज्य संघको अगुवाइमा बक्यौता रकम बिद्यूत प्राधिकरणमा बुझाएपछि मंगलवार मिटर जडान भएको हो । सोमबार शब्जि बजारका ब्यवसायि र दमक उद्योग बाणिज्य संघका पदाधिकारीबीच छलफल भएको थियो ।
https://www.youtube.com/watch?v=pVVIivbaXk0
ब्यापारीहरुले नियमित रुपमा महसुल बुझाएपनि नगरपालिकाले बिद्यूतको जिम्मा दिएका ठेकेदारले बिद्यूत प्राधिकरणमा पैसा नबुझाउदा बिद्यूत प्राधिकरणले बिद्यूत काटेको थियो ।
नगरपालिका र सम्बन्धित ठेकेदारले समस्या सामधान गर्नु पर्ने भएपनि ब्यवसायिको मार्का बुझेर आफूहरुको अगुवाइमा आज बिद्यूत महसुल बुझाइएको बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले यो काम नगरपालिका तथा सम्बन्धित ठेकेदारको भएपनि आफूहरुले ब्यवसायिहरुको मार्कालाइ बुझेर तत्कालका लागि रकमको जोह गरि तिरेको जनाएकाछन् ।
दमकको शब्जि बजारमा बिद्यूत महसुल बुझाउन २ लाख ९३ हजार ३ सय रहेको पाईएको छ । तर यहाँका ब्यवसायिहरुले नियमित रुपमा नगरपालिकाले तोकेको ब्याक्तिलाइ रकम बुझाउदै आएको दाबी गरेकाछन् ।
https://www.youtube.com/watch?v=pVVIivbaXk0
सोमबार बाणिज्य संघका पदाधिकारीहरुलाइ ब्यवसायिले घेराउ गरिएको भिडियो



