भद्रपुर । झापा जिल्ला अदालत भद्रपुरले सेवाग्राहीले लगाएर आउने पोसाकमा कडाइ गरेको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै अदालतमा काममा आउने सेवाग्राहीहरूले अदालतको परिसरभित्र घुँडा भन्दा माथि महिलाको हकमा मिनिस्कट र पुरुषको हकमा हाप पाइन्ट जस्ता अस्वाभाविक देखिने प्रकारका पोसाक लगाएर प्रवेश गर्न निषेध गरिएको जानकारी गराएको छ । अस्वाभाविक पोसाक लगाएर प्रवेश गर्नेलाई प्रहरीले गेटबाटै फकाइदिने अदालत प्रशासनले जनाएको छ ।

 

 

टाइम्स अफ प्रदेश बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय