दमक, १९ असार । करेन्ट लगाई माछा मार्ने क्रममा झापाको दमकमा आज दिउँसो एक जना युवाको ज्यान गएको छ ।यसरी मृत्यु हुनेमा दमक- ८ आइतवारे निवासी ४० बर्षिय पदमबहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
स्थानीय रातेहोलीमा आज दिउँसो २.१५ वजे करेन्ट लगाई माछा मार्ने क्रममा भुजेलको मृत्युभएको प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । मृतकको शव पोष्टमार्टम गरि परिवारलाई बुझाईएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर