दमक । झापाको शिवसताक्षीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ९ झरनाटोलमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सोमबार राती १० बजे सोही ठाउँकी २४ बर्षिया झरना बिक र कमल गाउँपालिका वडा नं ३ की सन्ध्या राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनीहरुमाथि इलाका प्रहरी कार्यालय झिलझिलेले लागुऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय