नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले पनि हवाई भाडा घटाएको हो। प्राधिकरणले भाडा घटाएपछिको नयाँ हवाई भाडादर बुधबारदेखि लागू भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आन्तरिक उडानमा कम्तीमा ६० रुपैयाँदेखि बढीमा ७५० रुपैयाँसम्म घटेको छ। सबैभन्दा कम लुक्ला-फाप्लुको ६० रुपैयाँ घटेको छ।

त्यस्तै, सबैभन्दा बढी विराटनगर-धनगढीको ७५० रुपैयाँ भाडा घटेको प्राधिकरणले जनाएको छ। त्यसपछि काठमाडौं-धनगढीको ६१५ रुपैयाँ घटेको छ।