ललित धिमाल १३औँ साउथ एसियन बडिबिल्डिङसिपमा च्याम्पियन बनेका छन् । आज माल्दिभ्समा भएको प्रतियोगितामा ललित च्याम्पियन बनेका हुन् ।

ग्यालेक्सी फिटनेसका प्रशिक्षक तथा सञ्चालकसमेत रहेका धिमालले गत साता नेपालमा सम्पन्न आठौं मिस्टर हिमालय च्याम्पियन बनेका थिए । च्याम्पियन बनेसँगै नेपालको प्रतिनिधित्व गर्दै साउथ एसियन च्याम्पियनमा सहभागिता जनाएका थिए । ७५ केजी तौल समूहमा सहभागिता जनाएका धिमालले ८ राष्ट्रका प्रतिस्पर्धीलाई पराजित गरेर च्याम्पियन बनेका हुन् ।

माल्दिभ्सको राजधानी मालेमा भएको प्रतिस्पर्धामा ललितपछि फस्ट रनरअप तथा सेकेण्ड रनरअप भारतका खेलाडी भए भने चौथो स्थानमा अफगानिस्तानका खेलाडी भएका थिए ।

विजेता बनेका ललितले उपाधिसँगै अमेरिकन डलर ५ हजार पाएका छन् । उनले माल्दिभ्समै हुने अर्को स्थानीय प्रतियोगितामा पनि सहभागिता जनाउने ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र लाफाले जानकारी दिए ।

उनका अनुसार अब नेपालमा हुने ५५औँ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा ललितले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् । ललितसहितको ३ सदस्यीय टोली बुधबार माल्दिभ्स प्रस्थान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय