काठमाण्डाै – पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कालीखाेला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४ बजेदेखि सडक बन्द भएको थियो । ९ घण्टासम्म बन्द भएर खुलेकाले यो सडक खण्डमा अहिले गाडीको लामो लाइन छ । गाडी चापमा चलिरहेका छन् ।

अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो ।

गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । पहिरोका कारण मुग्लिन-नारायणगढ सडकको यात्रा कष्टकर छ ।

यस्तै, जतिबेलै पहिरो खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित समेत बनेको छ । यो सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ ।

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah