गौरादह/ झापाको गौरादहमा आफ्नै शरिरमा आगो लगाएर १ जना युवकले आत्मदाह गरेका छन् ।

गौरादह नगरपालिका वडा नं. १ गाैरादह बजार घर भएका सत्य नारायण शाहको अन्दाजी ३५ वर्षिय छोरा रोशन शाहले आज विहान करिब ४ बजे बन्द काेठामा शरिरमा आगो लगाएर आत्मदाह गरेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

बन्द कोठामा सुतिरहेको अवस्थामा आगो लागेको उनका आफन्तले बताएका छन् । मृतक साहकी एक श्रीमति र एक छाेरा छन् । मृतक साह २ बर्षदेखि डिप्रेशनकाे औषधी सेवन गर्दै आएका पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर