दमक/ नेपालको सबैभन्दा ठुलो ईन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले सचेतना मुलक प्रचार सामाग्रि प्रहरीलाई उपलब्ध गराएको छ । पाँचथर नै पुगेर वर्ल्ड लिंकले उक्त प्रचार सामाग्रिहरु उपलब्ध गराएको हो ।

 

लागुऔषध बिरुद्ध सचेतना, साइबर अपराध, सामाजिक अपराध जस्ता विषयमा सचेतना अभिवृद्धि गर्ने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय पाँचथरलाई ५ हजारप्रति जानकारीमूलक पर्चाहरू उपलब्ध गराईएको वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडका अधिकृत राजन तिम्सिनाले जनाएकाछन्। बिभिन्न जानकारी समावेश भएको जनचेतनामुलक पोस्टर र ब्रोसरहरु उपलब्ध गराईएको उनले जनाएकाछन् ।

समुदायमा रहेको विकृती विसंगती र समस्या सामधानका लागि वर्ल्ड  लिंक राज्यका निकायहरुसंग हातेमालो गरेर अघि बढ्न सधै तयार रहेको सन्देश यसले दिन्छ, वर्ल्ड लिंक दमक प्रमुख समेत रहेका तिम्सिनाले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय