झापाको दमकमा सामाजिक अगुवाको रुपमा चिनिएका रामचन्द्र बरालले पार्टी छाडेको घोषणा गरेकाछन् । उनि राप्रपाका जिल्ला सदस्य रहेका थिए । बरालले अब आफू सामाजिक र ब्यवसायिक रुपमा नै अघि बढ्ने बताएकाछन् ।

उनले अब आफू कुनै पनि पार्टीमा नरहेको पनि जनाए । बराल कमल गाँउपालिकामा राप्रपाको तर्फबाट वाडध्यक्षको उम्मेद्वार समेत बनेका थिए । यसभन्दा अगाडि पार्टीको तर्फबाट दमक उद्योग बाणिज्य ंसंघमा उपाध्यक्ष पनि उठेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समयमा पार्टी फूटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा समेत गरेकाछन् । लाइन्स र जेसिस अभियानमा चिनिएका उनले अबको आफ्नो गतिबिधि सामाजिक क्षेत्रको क्रियाशिलता नै रहने उल्लेख गरेकाछन् ।