दमक/ झापामा बिहिबार भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपपश्चिम लोकमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोडने कमल खोलाको पूलमा प्र१–०१–००२ ह २६७ नम्बरको अटो र सोहि दिशा तर्फ जादै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलमा सवार बुद्धशान्तिका ४० बर्षिय उपेन्द्र सिग्देलको मृत्यु भएको हो ।

मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नं – ११ का ५७ बर्षिय जिबन सुबेदी बाया खुट्टा र बाया हातमा चोट लागेको छ । दुर्घटनाका घाईतेहरुलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु ट्राफिक प्रहरीले जनाएको छ ।

अटो चालक झापा गाउँपालिका वडा नं २ का ३० बर्षिय श्यामसुन्दर महतोलाई ईलाका प्रहरी कार्यालय झिलेझिलेले नियन्त्रणमा लिएको छ । त्यसैगरी मेचीनगर १२ धाईजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको नम्बर अल्फाबेट नखुलेको बुलेरो गाडीले पैदल यात्री सोही ठाउँका राजन बिकलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर