काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो प्रदर्शनलाई आज पनि निरन्तरता दिएको छ । देशका विभिन्न ठाउँमा गरेको सरकारी ठेक्काको रकम अर्थिक वर्षको अन्तिममा पनि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले आज पनि पदर्शन गरेका हुन् ।

ठेकेदारहरुको संस्था महासंघमा आवद्ध व्यवसायीहरु आज भने सिठी फुक्दै अनामनगरबाट नयाँ बानेश्वरसम्म पुगेका छन् । बील रकमको भुक्तानी, सम्झौताको म्याद थप, सार्वजनिक खरिद अनुमानमा सहजीकरणलगायत नौ बुँदे माग राख्दै सांसदहरुको ध्यानाकर्षण गराउन भन्दै ठेकेदारहरु महासंघको कार्यालय अनामनगरबाट नयाँ बानेश्वर पुगेका हुन् ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाललगायत सयौंको संख्यामा रहेका उनीहरुले प्लेकार्ड बोकेका छन् ।

सेफ्टी हेल्मेट र ज्याकेट लगाउँदै कालो ब्यानर बोकेर ठेकेदारहरुले सिठी र्याली निकालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय