काठमाडौं । प्रहरीले ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।

बिहीबार लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो प्लेटको पर्यटक बसलाई नागढुंगामा चेकजाँच ३५ लाख ७३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बस चेकजाँच गर्दा डिक्कीमा राखेको चाउचाउको कार्टुनमा १ हजार दरका ३ हजार ५ सय ७३ थान नक्कली नोट फेला परेको छ ।

बसका चालक तथा सहचालकलाक्षर्् त्यसबारे सोधपुछ गर्दा कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका छन् । प्रहरीले त् त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका(४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो ।

नक्कली नोट चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुवेदीको कोठामा त्यो समूहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएको रहस्य खुलेको छ। प्रहरीले सुवेदीको ककोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटर समेत बरामद गरेको छ । प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका(६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी र सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्की छन् ।

नवलपरासीको सरावल गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका-२ घर भई हाल काठमाडौँको सामाखुशी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बूढा तथा झापा घर भई हाल काठमाडौँको समाखुशी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv