
पाँचथरको फिदिम नगरपालिका- ११ स्थित फेवादिनमा श्रीमानले चलाएको स्कुटर दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ । शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ जाँदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सोही ठाउँका स्थानीय ७० वर्षीय हेमकुमार कार्की र उनकी श्रीमती ६५ वर्षीय मायादेवी कार्की घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको र उपचारको क्रममा मायादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।