काठमाण्डाै – देशका एक सय ८१ सडकमध्ये मुख्य तीन वटा सडक बन्द छन् । ३८ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

सडक विभागका अनुसार कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला, तमोर करिडोर र रिडी–बलकोट–प्युठान सडक बन्द छन् । गएको सोमवार रातिदेखि बन्द भीमदत्त राजमार्ग आंशिक सञ्चालनमा आएको छ ।

राजमार्गको बुढीतोलामा भासिएको सडक मर्मत भएपछि गाडी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने यो राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको थियो । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा धेरै गाडी चल्छन् ।

यस्तै काठमाण्डौलाई जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन खण्डमा अहिले सहज रुपमा गाडी चलिरहेका छन् । तर यो खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

दैनिक १० हजारभन्दा धेरै मालवाहक र यात्रुवाहक गाडी गुड्ने नारायणगढ–मुग्लिन सडक पाँच वर्षअघि स्तरोन्नति गरिएको थियो । तर, हरेक वर्ष पहिरोको जोखिम उस्तै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय