दमक/झापाका प्रमुख बजारहरुलाइ बन्दमुक्त बनाउन स्थानीय ब्यवसायिहरुले स्वतस्फूर्त रुपमा बन्दको अवज्ञा गर्न थालेकाछन् ।

स्थानीय बाणिज्य संघहरुको पहलमा झापाका प्रमुख तीनवटा बजारहरु बन्दमुक्त बनेकाछन् । सुरुगा, गौरादह र दमकमा जिल्लाका बन्दमुक्त बजारको रुपमा अघि बढेकाछन् ।

दमक पछिल्लो पटक बन्दमुक्त भएको बजार हो । ६ महिनायता भएका बन्दको यहाँको ब्यवसायिहरुले अवज्ञा गर्न थालेकाहुन् ।

लिम्बुवानले आइतवार आह्वान गरेको बन्द पनि दमकका ब्यवसायिहरुले अवज्ञा गरेकाछन् । दमक उद्योग बाणिज्य संघले बन्मुक्त दमक बनाउनका लागि बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाको संयोजकत्वमा समिति नै बनाएर कार्यन्वयन शुरु गरेको छ ।

बिगत ५ बर्षदेखि कुनै पनि बन्दको प्रभाव सुरुगामा परेको छैन । ब्यवसायिहरुले शुरुवातमा बन्दकर्ताको प्रतिकार नै गरेका थिए । झापाको पहिलो बन्दमुक्त बजारको रुपमा सुरुगा बजारलाइ लिइने गरेको छ ।

स्थानीय ब्यवसायि लिला तिम्सिनाका अनुसार सुरुगालाइ कुनै पनि बन्दको असर पर्दैन र बन्दमा कुनै पनि बन्दकर्ताहरु बन्द गर्नका लागि यहाँ आउने गरेका छैनन् ।

यसैगरि झापाको गौरादह पनि बन्दमुक्त भएको धेरै बर्ष भएको छ । यहाँ पनि कुनै बन्दले छुने गरेको छैन । गौरादह उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष डिल्लि काफ्लेका अनुसार ब्यवसायिहरुको एकता र सबैको सद्भावका कारण गौरादह बन्दमुक्त बनेको हो ।

अहिले पनि यहाँ कुनै पनि बन्दको प्रभाव हुने गरेको छैन । स्वतस्फूर्त रुपमा ब्यवसायिहरुले पसल खोल्ने गरेकाछन् । ब्यवसायिहरुको एकताका कारण बन्दकर्ताहरु यहाँ आउन नसक्ने भएपछि बन्दमुक्त कार्यन्वयन भएको बताइन्छ ।

अधिकाँश बन्दहरुमा ब्यवसायिहरुले बन्दकर्ता नै नआएपनि बन्द गर्ने संस्कार तथा परिपाटीले बसेकाले जस्तो सुकै सानो समुहको पनि बन्दको प्रभाव हुदै आएको थियो । दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार अब दमक सदाका लागि बन्दुमुक्त भएको छ । ब्यवसायिहरुले यसको नेतृत्व गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah