काठमाण्डाै – धरानमा सामाजिक आस्था र भावनामा ठेस पुर्याउने गतिविधि हुन नदिन सबै पक्षले पहल गरेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्नको लागि पहल गरेका हुन् । स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ भने धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरानमा निषेधाज्ञा लगाएको छ।

धरानमा कृयाशील १३ वटा राजनीतिक दलले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न सबैसँग अनुरोध गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न आग्रह गरेका छन् ।

दलहरुले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगर्न अनुरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी लगायत दलका नेताहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

 

 

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गर्नुभएको छ । पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै उहाँले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो । सबैजना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुनेगरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न मेयर राईले धरानवासीलाई अपिल गर्नुभएको हो ।

प्रदेश एक पुन: नामाङ्कन सङ्घर्ष समितिले पनि सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ । प्रदेशको नाम पुन: नामाङ्कनको लागि गठन भएका पाँच वटा सङ्घर्ष समितिका प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भाव कायम गर्न आग्रह गरेका हुन् ।

धरानका पाँच जना पूर्व मेयरहरुले पनि संयुक्त विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन् । विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र धर्ना, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश दिनुभएको हो । निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउञ्जेल स्वास्थ्य आपत्काल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा आज धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्था समेत देखिएकाले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको उल्लेख छ । प्रहरीले धरान प्रवेश गर्ने नाकामासमेत कडाइ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com