स्कटल्याण्डमा गरिएको एउटा अनुसन्धानले सुनका सूक्ष्म कणको प्रयोगबाट क्यान्सरविरुद्धको औषधिको प्रभावकारिता बढ्न सक्ने देखाएको छ। जर्मनीको एउटा वैज्ञानिक जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा त्यो कुरा उल्लेख गरिएको छ।

एडिनबरा विश्वविद्यालयका वैज्ञानिकहरुले ‘जेब्राफिश’ प्रजातिको माछाको मस्तिष्कमा राखिएको सुनको सूक्ष्म कणले क्यान्सरको औषधिले काम गर्ने गतिमा वृद्धि गराएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘गोल्ड नानोपार्टिकल’ नामले चिनिने सुनको सूक्ष्म कणले ट्युमरलाई लक्षित गर्न सघाएको र किमोथेरापी गर्दा स्वस्थ अंगहरुमा पर्ने क्षतिमा कमी ल्याएको वैज्ञानिकहरुको विश्वास छ। वैज्ञानिकहरुले मान्छेमा त्यसको प्रयोग थाल्नुअघि थप कामहरु गर्नुपर्नेमा जोड दिएका छन्।