काठमाण्डौ – भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् ।

वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र त्यसै ठाउँका ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् ।

हाल उनीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय