भदौ १५ । झापा शिवसताक्षी– १० स्थित कन्काई नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । माछा मार्न जाँदा कन्काई –४ त्रिवेणी टोल निवासी २३ वर्षिय सविन श्रेष्ठ हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका हुन् ।

श्रेष्ठ सोही ठाउँका भुपाल मगर , अमृत मगर , राम भुजेललगायतका साथीहरुसंग माछा मार्न गएका थिए । उनी डुबेको उनका साथीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हिजो दिउँसोदेखि खोजी गर्दा नभेटिएको र आज बिहानदेखि पुनः खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । आज बिहान विपदको टोली खोजी कार्यका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर