काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा तत्कालीन संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ ।

हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि घरमा लगिने जनाइएको छ ।

पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।

नेम्वाङको सोमबार बिहान १ बजे निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय