नेको इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स लगायतमा सयौंका लागि जागिर खुलेको हो ।
नेको इन्स्योरेन्स लिमीटेडले समेत सात पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बिमा कम्पनीले डेपुटी जनरल म्यानेजर तथा असिस्टेन्ट जनरल म्यानेजर, डेपुटी म्यानेजर, रिजनल म्यानेजर लगायतको पदमा दरखास्त आह्वान गरेको हो । यस्तै, एकजना कानून अधिकृत, एकजना एकजीक्यूटिभ सेक्रेटरी, सिनियर अफिसर, अफिसर तथा जुनियर अफिसर गरी कुल १० जना, सुपरभाइजर, सिनियर असिस्टेन्ट तथा असिस्टेन्ट गरी २० जना कर्मचारी मागिएको छ । सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा फ्रेस जनशक्तिले आवेदन दिन सक्नेछन् । यो बिमा कम्पनीले निकालेको सूचना यस्तो छः

उता, संचालनको तयारीमा रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्राञ्च म्यानेजर तथा मार्केटिङ अफिसर र ट्रेनी असिस्टेन्ट पदमा समेत दर्जनौ कर्मचारी मागेको छ । यो विभिन्न ४२ शाखाका लागि म्यानेजर र मार्केटिङ अफिसर मागिएको हो । यो कम्पनीले निकालेको सूचना यस्तो छ:

उता, झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले समेत २ पदमा कर्मचारी मागेको छ । नायव महाप्रबन्धक तथा सहायक महाप्रबन्धक पद तथा कनिष्ठ अधिकृत(सूचना प्रविधि) पदमा कर्मचारी मागिएको हो । यो बैंकले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ:




