दमक / झापा दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाको कर्जा अधिकृत मेघराज राउत बिहिबार अपरान्ह एक होटलमा मृत फेला परेको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले राती साढे ९ बजे ति महिलालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले महिलाका बिषयमा थप केही खुलाएको छैन ।

३७ बर्षिय राउत बिहिबार बिहान करिब ९ बजेदेखि एकाएक घर परिवार र कार्यालयको सम्पर्क बाहिर थिए । उनी सधैं कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत नभएको बुझिएपछि आन्तरिक रुपमा खोजी भइरहेको थियो । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोवाइल फोनबाट लोकेशन ट्रयाक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठा भित्र फेन झुण्डयाउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए । निष्कर्ष न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर