दमक ,५ असोज । तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी समेत रहेका दमक निवासी राष्ट्र कुमार राईको हृदयघातको कारण बेलायतमा निधन भएको छ । पूर्व विट्रिस आर्मी राई लामोसमयदेखि परिवारसहित बेलायतमा बस्दैआएका थिए ।

पारिवारिक स्रोतका अनुसार ५३ बर्षिय राईको गएराति हृदयघात भएकोमा उपचारका लागि त्यहाँको अस्पताल पुरयाँउन साथ निधन भएको हो । उनले बेलायतमा समेत तेक्वान्दो खेलको व्यवसायिक प्रवद्र्धनमा उल्लेखनीय योगदान पुरयाँउदै आएका थिए ।

पछिल्ला बर्ष उनले आफनै जन्मभूमि दमकमा युवालाई लक्षित गरि बेलायत र दमकमा नेपाल सगरमाथा तेक्वान्दो डोजाङ सञ्चालनमा ल्याएका दमक डोजाङका अध्यक्ष तिजु धिमाल बताउँछन् । दमकमा भने दुई वर्षअघि मात्र उक्त डोजाङ विधिवत स्थापना गरेका थिए ।

उनी २००७ सालको प्रजातान्त्रिक आन्दोलनका सेनानी स्व.मुगाधन र कृष्ण कुमारी राईका साइला सुपुत्र हुन् । दिवंगत मुगाधन परिवारले दमक १० का विभिन्न सामाजिक तथा त्यहाँको विकासमा महत्वपूर्ण योगदान पुरयाँएका थिए ।स्व. राईकी दिदी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय