
दमक/ झापाको दमकमा आज बिहान ग्याङ फाइट परेको छ । इलाका प्रहरी कार्यालयका अनुसार दमक ७ हाटखोला र इलाम स्थित चुलाचुलिका युवाहरुबिच आज बिहान ग्याङ फाईट परेको हो । घटनमा परि चुलाचुकिका एक युवाको छुरा प्रहारबाट मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चुलाचुलिका गोभिन्द लिम्बू रहेका छन । अन्य घाईतेहरुको लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ ।
घटना आज बिहान करिव ३ बजे मामा चोक आसपासमा भएको प्रहरीले जनाएको छ । घटनाकोबारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख मनोज कुमार लामाले बताउनु भयो । उज्यालो खबर बाट साभार