दमक/ झापाको दमकमा आज विहान एकजनाको हत्या भएको छ । इलामको चुलाचुली पेल्टिमारीका गोविन्द लिम्बुको आफ्नै साथीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताइन्छ । २५ बर्षिय लिम्बुको शव दमकस्थित लाइफलाइन अस्पतालमा राखिएको छ ।

दमक १ स्थित कुमाल चोक नजिकै एक होटलमा रातभरसंगै बसेर मादक पदार्थ सेवन गरेको र झगडा हुँदा हत्या भएको हुनसक्ने प्रहरी श्रोतको भनाइ रहेको छ । धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिन्छ, प्रहरी श्रोतले भन्यो । शरिरका बिभिन्न भागहरुमा काटिएको छ ।

राती संगै बसेकाहरुको पहिचान गर्न थालिएको र केही ब्याक्तिहरु पक्राउ परेको पनि प्रहरीको भनाई छ । धारिलो हतियार प्रयोग गर्ने मुख्य अभियुक्त भने फरार रहेकाले प्रहरीले खोजी कार्य तिब्र बनाएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर