काठमाण्डाै – पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का ३४ वर्षका गोपालप्रसाद बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर एवम् सूचना अधिकारी केशव केसीले जानकारी दिनुभयो । उनीहरुको खोजी भैरहेको छ ।

कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा हिजो बेलुका एक्कासी आएको बाढीले ग १ ज ६२१३ नम्बरको जीप बगाएको थियो । बगाएको जीपका केही पार्टपुर्जा कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा फेला परेका छन् ।

जीप बाग्लुङबाट पोखराका लागि छुटेको थियो । जीपमा चालकसहित चार जना थिए । खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीपका चालक वसन्त थापा झरेका कारण ज्यान जोगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय