विराटनगर। नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

खतिवडाले पाँच सय १२ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी ढकाल चार सय ३९ मतमा प्राप्त गर्नुभएको छ ।

प्रदेशको नयाँ कार्यसमितिका लागि गत आइतबार राति मतदान भएको थियो ।

यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनुभएको छ । उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर