नेपालगञ्ज । सामाजिक सद्रभाव खल्बलिन नदिन नेपालगञ्ज बजारमा लगाइएको कर्फ्यू खुकुलो भएकाे छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा शनिबार बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म मात्र कर्फ्यू रहने उल्लेख छ ।
यसअघि बिहान ६ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लगाउने गरिएको थियो । शनिबारदेखि बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु रहने प्रशासनले जनाएको छ । गएको मंगलबार एकाएक नेपालगञ्ज अशान्त भएपछि प्रशासनले कर्फ्यू लगाउँदै आएको छ ।



