काठमाडौँ । आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । उनले नेपाली दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहे पनि अवस्था प्रतिकुल रहेकाले कठिनाइ भइरहेको बताइन् । उनकाअनुसार घाइते अन्य दुई जना दूतावासको सम्पर्कमा रहे पनि अन्यसँग सम्पर्क स्थापित हुन सकिरहेको छैन ।

प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको जानकारी प्राप्त भएको रिजालले रातोपाटीलाई बताइन् । ‘दुई जना अस्पताल भर्ना हुन सफल हुनुभएको छ । अन्य घाइतेमध्ये दुई जना सम्पर्कमा भएपनि अरु अवस्था यकिन हुन सकेको छैन’, उनले रातोपाटीसँग भनिन् । घाइतेहरू उपचारविहीन अवस्थामा बङ्करमा रहेको बताइएको छ ।

राजदूत रिजालका अनुसार इजरायलको प्रायः सबैजसो भूभागमा अहिले कर्फ्यु लागेको अवस्था छ । दुई पक्षीय युद्ध चलिरहेको छ भने अवस्था निकै अशान्त रहेको छ ।

घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहेको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरतहरु हुन् । कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट त्यहाँ प्राक्टिकलका लागि पुगेका थिए ।

सो कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बङ्करमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ ।

घटनास्थलमा स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेन्डको टाइम बङ्करमा पुग्नुपर्ने हुन्छ । तर बङ्करमा जाँदाजाँदै उनीहरू कसैलाई गोली र कसैलाई गोलीको छर्रा लागेको बताइएको छ । गोली र छर्रा लागेर शरीरबाट रगत बगिरहँदा समस्या भएको घाइतेहरुले गैरआवासीय नेपाली संघ र दूतावासलाई बताएका थिए । पछिल्लो समय केही घाइते बेहोस अवस्थामा रहेको बताइए पनि प्रतिकुल अवस्थाका दूतावासले विस्तृत विवरण लिन नसकेको जनाएको छ ।

भट्टराईका अनुसार शनिबारको तुलनामा गाजा क्षेत्रमा भिडन्त कम हुँदै गएको छ भने इजरायली सेनाले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah