इजरायलमाथि हमासको आक्रमणमा ज्यान गुमाउनेको संख्या ७ सय पुगेको छ । टाइम्स अफ इजरायलका अनुसार हमलापछि हमासका लडाकुले १ सयभन्दा धेरै मानिसको अपहरण गरेका छन् ।

‘मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरिएको छ, अपहरण गरी गाजातिर लगिएका सयभन्दा बढी मानिसको भाग्य अहिले पनि प्रस्ट छैन’, समाचारमा भनिएको छ ।

हमास र इस्लामिक जिहादले करिब १ सय ३० इजरायलीलाई बन्धक बनाएको दाबी गरेका छन् । आफ्ना कब्जामा सेनाका उच्च अधिकारीसमेत रहेको हमासले बताएको छ ।

अभूतपूर्व मानिएको आक्रमणमा हमासले दक्षिणी इजरायलका २२ ठाउँमा शनिबार बिहानै हमला गरेको थियो । इजरायलतर्फ अहिलेसम्म २२ सय घाइतेको पहिचान भएको छ ।

इजरायलले आइतबार औपचारिकरूपमा युद्धको घोषणा गरिसकेको छ । इजरायलले गाजापट्टीमा ठूलै आक्रमण गरेको छ । इजरायलको आक्रमणमा मारिनेको संख्या पनि ५ सय नाघिसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय