काठमाण्डौ – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र र समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्न सरकारले सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको हो ।

यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ । यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ ।

साथै तेल अभिभस्थित नेपाली राजदूतावास कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर ९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमेलहरु [email protected][email protected] पनि उपलब्ध गराएको छ ।

यस्तै इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ ।

https://forms.gle/415GMXE2bZVEoBcR7 बाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय