काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई असफल बनाउन एकपछि अर्को षडयन्त्र सुरु भएको छ । एमालेका लोकप्रिय नेतासमेत रहनुभएका मेयर शाक्यलाई पछिल्लो समय विलासी गाडी खरिद गरेको भन्दै झुठा आरोप लगाएर असफल बनाउने षडयन्त्र भएपछि उहाँ आफैँले मुख खोल्नु भएको छ । केही अनलाइन र सामाजिक सञ्जालमा योजनै बनाएर उहाँको विरोध गर्न थालेपछि मेयर शाक्यले आरोपका पछि लाग्ने समय नभएको भन्दै काम गरेर आरोपको खण्डन गर्ने बताउनु भयो ।

यस्ता आलोचनाको कुनै अर्थ छैन । आरोप लगाउनेहरुलाई आरोप लगाउँदै मज्जा हुन्छ । काम गर्नेलाई काम गर्दा नै मञ्जा आउँछ । मलाई काम गर्न जनप्रतिनिधि बनाएको हो । म काम गरेरै जनताको मन जित्छु, आरोप लगाउनेहरु आफैलाई कामले लज्जित बनाउँछु

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले १ करोड २० लाख बढीको विलासी गाडी मगाएको भन्दै केही अनलाइन र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘यस्ता आलोचनाको कुनै अर्थ छैन । आरोप लगाउनेहरुलाई आरोप लगाउँदै मज्जा हुन्छ । काम गर्नेलाई काम गर्दा नै मञ्जा आउँछ । मलाई काम गर्न जनप्रतिनिधि बनाएको हो । म काम गरेरै जनताको मन जित्छु, आरोप लगाउनेहरु आफैलाई कामले लज्जित बनाउँछु ।’

उहाँले आफू निर्वाचित भएपछि र पदभार ग्रहण गरेदेखि नै महानगरको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा मात्रै सोचेको प्रष्ट पार्नुभयो । ‘अहिले मेयरले बिलासी गाडी खरिद गर्यो भनेर आरोप लगाइएको छ । यस बारेमा नबोलुँ भनेको बोल्नैपर्ने भो,’ उहाँले भन्नुभयो, ‘गाडीका लागि कुनै माग गरेको छैन । म निर्वाचित भएर आउँदा नै यो प्रक्रिया अघि बढेको थियो ।’

उहाँले आफूले पारदर्शी ढंगले काम गर्दा कतिपयलाई चित्त नबुझेको पनि बताउनुभयो । ‘सबै काम अपारदर्शी ढंगले गर्नुपर्छ भन्ने तर्क हो भने म त्यसो गर्न सक्दिन,’ उहाँले भन्नुभयो, ‘मेयर निर्वाचित भएर आएपछि मैले सकेसम्म पारदर्शी ढंगले काम गर्ने प्रयास गरेको छु । महानगरले गरेका कामको सबै फेहरिस्त वेभसाइटमा राख्ने गरिएको छ । धेरै पारदर्शी भएका कारण पनि केही आलोचना भएका छन् । यस्ता आलोचना गर्ने साथीहरु पछि आफै थाक्नुुहुन्छ ।’

पहिलो चरणको स्थानीय निर्वाचन हुनु भन्दा अघि नै कार्यकारी अधिकृत ईश्वरी पौडेललगायतको टीमले गरेको निर्णय अनुसार गाडी गरिद गरिएको हो,  मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर’ गाडी काठमाडौंमा आइपुग्यो भन्दै निकै ठूलो हल्लाखल्ला भएको छ । गाडी आएको चाही सत्य हो

उहाँले अब महानगरले गाडी मात्र होइन स्काभेटर, बु्रमरलगायत खरिद गर्ने योजना पनि सुनाउनु भयो । ‘स्रोत–साधन नभई कसरी काम गर्न सकिन्छ । त्यसैले काम पनि गर्ने हो । आवश्यकता अनुसार खर्च पनि गर्ने हो ।’ उहाँले चुनावी घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने बाचा गर्नुभयो ।

काठमाडौं महानगरपालिकामा प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि शाक्यले बिलासी गाडी किनेको भन्ने समाचार मेयरलाई वद्नाम गर्ने उदेश्यले आएको प्रष्ट पार्नुभयो । ‘

पहिलो चरणको स्थानीय निर्वाचन हुनु भन्दा अघि नै कार्यकारी अधिकृत ईश्वरी पौडेललगायतको टीमले गरेको निर्णय अनुसार गाडी गरिद गरिएको हो,’ कार्कीले भन्नुभयो, ‘मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर’ गाडी काठमाडौंमा आइपुग्यो भन्दै निकै ठूलो हल्लाखल्ला भएको छ । गाडी आएको चाही सत्य हो ।’

उहाँले स्थानीय निर्वाचन हुने पक्का–पक्की भएपछि टेण्डर गरेर जनप्रतिनिधिका लागि गाडी मगाएको भन्दै समाचारमा आएको जस्तो भए अख्तियारले समातेर लगिसक्ने पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah