काठमाडौँ– बझाङमा गएराति भूकम्प गएको छ । राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो । असोज १६ गते यता बझाङ केन्द्रबिन्दु बनाएर दर्जनौँ पटक भूकम्प गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय