काठमाण्डाै – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जानुभएको छ ।

यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टु‍ङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ ।

‘हिजोको मन्त्रिपरिषद् बैठकले नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । तर चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन’ मन्त्री साउदको सचिवालयले भनेको छ, ‘अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेको हो ।’ जहाज राति ११ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तालिका भए पनि ढिलो गरी उडेको छ ।

परराष्ट्रमन्त्रीसँगै मन्त्रालयका सहसचिव शरद आरण पनि इजरायल जानुभएको छ । पहिलो चरणमा आज २ सय ५४ जनालाई स्वदेश ल्याएपछि फेरि अरुलाई लिन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा रहेका नेपालीमध्ये स्वदेश फर्कने इच्छा राख्दै ३ सय ५० जनाभन्दा धेरैले नाम टिपाएका छन् । अहिले कामको लागि गएका नेपालीभन्दा पनि पढ्न गएका २ सय ६५ जनाले नै नेपाल आउन चासो देखाएकाले उनीहरुलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

इजरायलमा प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासको आक्रणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बेपत्ता रहेका विपीन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते चार जनामध्ये एकजना डिस्चार्ज भएका छन् । युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका १ सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88