अमेरिकाले उत्तर कोरियालाई विनाश निम्ताउने गतिविधि नगर्न चेतावनी दिएको छ । अमेरिकी रक्षामन्त्री जिम मैटिसले व्यवस्था परिवर्तन हुने वा विनाशको सामना गर्नुपर्ने गतिविधि नगर्न उत्तर कोरियालाई चेतावनी दिएका हुन् ।
पेन्टागन प्रमुखसमेत रहेका रक्षामन्त्री मैटिसले अमेरिका र उसका सहयोगीहरुसँगको लडाईमा उत्तर कोरिया टिक्न नसक्ने दावीसमेत गरे । रक्षामन्त्री मैटिसको यो कडा चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो धम्कीपछि आएको हो जसमा उत्तर कोरियालाई संयमता अपनाउन भनिएको थियो।

यता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएका छन् । उत्तर कोरियाले आफू अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको बताएको छ।
प्रशान्त महासागर क्षेत्रस्थित गुआम पुगेको टिलरसनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई दिएको धम्कीको बचाउसमेत गरेका छन् । टिलरसन राष्ट्रपति ट्रम्प उत्तर कोरियालाई स्पष्ट सन्देश दिन चाहेको बताए।
राष्ट्रपति ट्रम्पले ट्वीटरमा अमेरिकाको परमाणु हतियारका बारेमा लेखेका छन् कि अमेरिकासँग पहिलादेखि नै शक्तिशाली हतियार छ । यद्यपि उनले यो पनि लेखेका छन्–मलाई आशा छ अमेरिकालाई कहिले पनि यो हतियार प्रयोग गर्नुपर्ने अवस्था आउने छैन ।
अमेरिका र उत्तर कोरियाबीच पछिल्ला दिन वाक युद्ध तिब्र बनेको छ।
उत्तर कोरियाको धम्की

उत्तर कोरियाले गुआम टापुमा आक्रमण गर्ने धम्की दिएको छ । उक्त टापुमा अमेरिकी सैन्य अखडा छ । सामरिक बमवर्षक विमानको खखडा पनि छ । यहाँ करिब १ लाख ६३ हजार अमेरिकी छन् ।
मध्य एसियाबाट फर्कँदै गर्दा टिलरसनको विमान इन्धन भर्नका लागि गुआममा अवतरण भएको थियो । उनले भने–मलाई आशा छ कि उत्तर कोरियामाथि दबाव सिर्जना रुस र चीनको सहयोगबाट अन्तर्राष्ट्रिय परिणाम सकारात्मक हुनेछ र उत्तर कोरियासँग एउटा ‘नयाँ भविष्य’का विषयमा कुराकानी हुन सक्नेछ।
उनले राष्ट्रपति ट्रम्पको उत्तेजक भाषाको बचाउ गर्दै उत्तर कोरियाका नेता किम जोंग उनले कुटनीतिक भाषा नबुझ्ने भएकाले यस्तो भएको बताए । उनले भने–बुझाउनका लागि सख्त सन्देश आवश्यक थियो ।
ट्रम्पको चेतावनी

राष्ट्रपनि डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकालाई धम्काउन जारी राखे उसले विश्वंशको सामना गर्नुपर्ने बताएका थिए । ट्रम्पले उत्तर कोरियाले भोग्नुपर्ने विनाश अहिलेसम्म संसारले कल्पना पनि नगरेको हुने धम्कीसमेत दिएका थिए ।
टिलरसनले पनि पछिल्ला केही दिनमा अवस्था नाटकीय तरिकाले परिवर्तन भएको बताए । उनले अमेरिकी नागरिकलाई चैनको निद्रामा सुत्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय र संयुक्त राष्ट्र संघका प्रतिबन्धका बावजुद उत्तर कोरियाले परमाणु कार्यक्रम र मिसाइल कार्यक्रम अघि बढाइरहेको छ । मंगलबार सार्वजनिक अमेरिकी मिडियाहरुको रिपोर्टअनुसार उत्तर कोरियाले मिसाइलमा साना परमाणु बम लगाउने क्षमता विकास गरेको उल्लेख गरेका छन् ।
यद्यपि यो दावी पुष्टि भने भइसकेको छैन । यो क्षमतालाई उत्तर कोरिया पूर्णरुपमा परमाणु सम्पन्न मुलुक बन्ने बाटोमा अन्तिम अवरोधका रुपमा मानिन्छ । -एजेन्सी



