बिर्तामोड । जिल्ला सरकारी वकिलको कार्यालय झापाको कार इलाममा दुर्घटनामा परेको छ । बुधबार बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा २ झ २६७१ नं को कार दुर्घटनामा परेको हो । कार रोकेर बाटोको ढुङ्गा पन्छाउन खोज्दा सो कार आफै ब्याक भएर सडकबाट करिब ३ मिटर तल झरेको प्रहरीले जनाएको छ ।

कारमा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र चालक सवार रहेका थिए । दुवै सकुशल रहेको जनाइएको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको बताइएको छ ।

 

 

टाइम्स अफ प्रदेश बाट  साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय