काठमाण्डाै – देशका पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज पश्चिमी क्षेत्रका धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षासहित चट्याङ पर्ने अनुमान छ ।

यस्तै, पूर्वी र मध्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि हल्का वर्षाको अनुमान गरिएको छ ।

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अहिले भने देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय