काठमाडौँ– जाजरकोटमा गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७० नाघेको छ । पछिल्लो जानकारी अनुसार जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ ।

गएराती ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरू आउने क्रम जारी रहेको जनाएको छ ।

भूकम्पले घर भत्किँदा घाइते भएकाहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय