दमक, १८ कार्तिक–बेलायतमा रहेर नेपालको खेल जगतमा विशेष योगदान गर्नुहुने ग्राण्डमास्टर स्वर्गीय राष्टकुमार राईको १६औं पुष्य तिथीको अवसर पारेर आज दमकमा शोक सभा गरिएको छ ।
झापाको दमकस्थित सर्वोदय अंग्रेजी विद्यालयका प्राङ्गणमा आयोजित शोक सभामा स्वर्गीय राष्ट्र राईप्रति सम्झाना सहित वहाँको खेल जीवन, सघर्ष र योगदानको चर्चा गरिएको थियो ।
नेपाल सगरमाथा तेक्वान्दो दोजाङ दमकका अध्यक्ष जीतबहादुर (जीतुं) धिमालको अध्यक्षतामा र जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा शोक सभा गरिएको हो । शोक सभामा राष्ट्रकुमार राईको तस्विरमा प्रमुख अतिथि सुब्बाले माल्याअपर्ण गर्नुभएको थियो भने सहभागि अतिथि प्रशिक्षक तथा खेलाडीहरुले पुष्ष्गुच्छा अपर्ण गरिएको थियो ।
कार्यक्रममा राष्ट्र राईका छिमेकी समेत रहनुभएका दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देबीप्रसाद दाहालले स्वर्गीय राईका बाल्यकाल, युवा अवस्था, पारिवारि अवस्था, सामाजिक तथा आर्थिक अवस्था लगायतका बारेमा चर्चा गर्नुभएको थियो ।
त्यस्तैं, कार्यक्रमका प्रमुख अतिथि जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष स्वर्गीय राष्ट्र राईको खेल जीवनको बारेमा चर्चा गर्नुभएको थियो । वहाँले बेलायतमा बसेर विश्व खेल जगतमा राष्ट्रकुमार राईले पाउनुभएको सफलताले नेपाल र नेपाली खेलाडीहरुलाई गर्भ गर्न लायक भएको बताउनुभयो ।
मेचीनगर–१४ का वडा अध्यक्ष समेत रहनुभएका जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष सुब्बाले बेलायतबाट नेपालको खेल क्षेत्रको विकास र तेक्वान्दो खेलको विकासमा लाग्न र जुट्न पर्छ भनेर अघि बढ्नु भएको मान्छेको निधनले नेपालको खेल जगतलाई निकै ठूलो क्षति पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
२०२१ साल कार्तिक १ गते जन्मिनुभएका ग्राण्ड मास्टर राष्ट्रकुमार राईको २०८० असोज ४ गते बेलायतमा निधन भएको छ । वहाँ नेपाल सगरमाथा टेक्वान्दो दोजाङका संस्थापक अध्यक्ष हुन् । सात पटक हङकङबाट गोल्ड मेडालिष्ट हुन राष्ट्रकुमार राई । वहाँ बेलायतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित हुनुहुन्छ ।
राष्ट्र कुमार राई प्रजातान्त्रिक आन्दोलनका सेनानी स्वर्गीय मुगाधन राईका पुत्र तथा संविधान सभाकी सदस्य माननीय महेन्द्रकुमारी लिम्बुकी भाई हुन् । एक छोरा र श्रीमतीसहित बेलायतमा रिटायर्ड जीवनपछि खेल क्षेत्रबाट सामाजिक कार्यमा सक्रिय रहनुभएका राईको निधन भएको हो ।
दमकमा ६ वटा स्थानमा नेपाल सगरमाथा टेक्वान्दो दोजाङले कक्षा सञ्चालन गरिरहेका छन् । झण्र्डै तिन सय विद्यार्थीहरु तेक्वान्दो खेल प्रशिक्षणमा सहभागि छन् । श्रद्धाञ्जली सभाको सञ्चालन संस्थाका सचिव रोशन दाहालले गर्नुभएको थियो ।
शोक सभामा नेपाल सगरभाथा तेक्वान्दो दोजाङका उपाध्यक्ष तथा सर्वोदय अंग्रजी विद्यालयका प्रिन्सिपल नबीन योगी, सल्लाहकार संयोजक तथा पूर्व खेलाडी गजेन्द्र देवान, तेक्वान्दो वरिष्ट प्रशिक्षक जीतेन्द्र मेचे, प्रशिक्षक मीरा काफ्ले, मनु कटुवाल, प्रतिमा तामाङ, कमल गाउँपालिका प्रमुख हुकुमंिसह राई, सुेरेस सुब्बा, भूमिराज चाम्लिङ राई, प्रकाश प्रसाई, पशुराम रिजाल, आइन्द्र केरुङ, रवी केसी, सुरेन्द्र कटुवाल, युवराज (सागर) खनाल, हिमज्योती अंग्रेजी विद्यालयका प्रिन्सिपल टिका निरौला लगायतको उपस्थिति थियो ।