काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै हुनुहुन्छ ।

गत शुक्रबार जाजरकाेट केन्द्र बिन्दू बनाएर गएकाे शक्तिशाली भूकम्पमा परी मृतकका परिवार तथा घाइतेहरूकाे उपचार र राहतकाे अवस्थाबारे बुझ्न उहाँ भूकम्प प्रभावित क्षेत्र जान लाग्नुभएकाे हाे ।

भाेलि बुधबारदेखि यूराेपकाे दश दिने भ्रमणमा जान लाग्नुभएका राष्ट्रपति पाैडेल देशमा गएकाे भूकम्प र त्यसपछिकाे असहजताका कारणा भ्रमण स्थगित गरिसक्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय