दमक/ बिहिबार काठमाडौंमा अहिलेको राजनीतिक व्यवस्थानै उल्टाउने भन्दै भएको प्रदर्शनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँको घरमा यतिबेला प्रहरी परिचालन गरिएको छ । आज प्रहरीले उनलाई अघोषित नजरबन्दमा राखेको छ ।
गणतन्त्र विरोधी क्रियाकलाप गरेका प्रसाईंलाई प्रहरीले भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई शुक्रबार बिहानैदेखि बाहिर निस्किन दिइएको छैन ।
उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी थियो । काठमाडौं प्रशासनले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ ।
प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।
प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । उनका ३० जनाभन्दा धेरै समर्थकलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

यसैबीच प्रसाईंको आन्दोलनलाई समर्थन गरेका पाँच जना समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । त्यस्तै सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय