०७२ साल असोज ९ गते डा. बाबुराम भट्टराईले बानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट तत्कालीन एकीकृत माओवादी परित्याग गरे। उनले पार्टीको साधारण सदस्य र संसदको सदस्यबाट समेत राजिनामा दिए। त्यसैदिन पुष्पकमल दाहाल प्रचण्डसँगको ३ दशक लामो सम्बन्धमा उनले ‘ब्रेक’ लगाए। र यात्रा थाले, उनकै शब्दमा ‘वैकल्पिक राजनीति’को।

०७३ साल जेठ ३० गते राजधानीको दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा भयो। वैैकल्पिक राजनीतिको सुरूवात गर्ने भन्दै ठूलो चमकधमकका साथ नयाँ शक्ति पार्टी स्थापना भएको थियो।

कर्मचारी, प्रहरीबाट अवकाश पाएका व्यक्तिहरू, स्वनामधन्य कलाकारहरू र विभिन्न पार्टीबाट आएका असन्तुष्ट व्यक्तिहरूलाई मिलाएर नयाँ शक्ति पार्टीको निर्माण भएको थियो। अनलाइनबाट पार्टीको सदस्यता वितरण भयो, अबको राजनीतिको मूलमुद्दा विकासको हुने तर्क गरियो।

बाबुरामको अपेक्षा विपरीत उनको साथमा आएका व्यक्तिहरूले उनलाई क्रमशः छाड्दै जान थाले। बाबुरामको सैद्धान्तिक तर्क र शैली एकातिर तर पार्टी सञ्चालनको विधि अर्कोतर्फ भएको भन्दै केन्द्रीय नेताहरूले नै पार्टी परित्याग गर्न थाले।

को कसले छाडे भट्टराईलाई?
गत चैत १ गते सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वअर्थसचिव रामेश्वर खनालले आफू नयाँ शक्तिमा नरहेको घोषणा गरे। खनाल बाबुरामले पार्टी घोषणा गर्नुअघि नै गठित केन्द्रीय परिषदका संस्थापक सदस्य मध्येका एक थिए।

उनले नयाँ शक्ति पार्टीका आर्थिक निति र योजना तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पार्टीको आर्थिक नीति विभागमा रहेर काम गरेका खनालले ट्वीटरमा लेखे, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ।’

गत असोजमा नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य मुमाराम खनालले पनि एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरे। विज्ञप्तिमा उनले भनेका थिए, ‘हामीले १७९ वटा दलहरूको बीचमा एउटा थपेर १८० औं बनाउन खोजेका होइनौँ। तर, नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ थपिएर १८० औं बन्नुवाहेक अर्को सम्भावना देखिएन।’ यद्यपि नयाँ शक्तिले भने खनाललाई कारबाही गरिएको जनाएको थियो।

यस्तै, लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेर नयाँ शक्ति प्रवेश गरेका पुराना नेता महेश कोर्मचाले पनि नयाँ शक्ति पार्टी परित्याग गरे। उनलाई नयाँ शक्तिले सहसंयोजक बनाएको थियो। उनी विजयकुमार गच्छादार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरे।

स्थानीय तह निर्वाचनमा नयाँ शक्तिको परिणाम निराशाजनक रहेपछि पार्टी परित्याग गर्ने क्रम झनै बढेको छ। पूर्व माओवादीहरू ‘पुरानै घर’ फर्किने क्रम तीव्र बनेको छ। पार्टी छाडेको लगत्तै डा. भट्टराईले माउ पार्टी माओवादीलाई ‘रातो स्टिकर टाँसेको’ घर भनेका थिए।

गत असार ७ गते नयाँ शक्ति विद्यार्थी युनियनकी संस्थापक संयोजक ओमकुमारी पौडेलसहित ठूलो संख्यामा युवा विद्यार्थीको समूह माओवादी केन्द्रमा फर्कियो। पौडेलसहित स्ववियु विभाग प्रमुख युवराज दाहाल, विद्यार्थी युनियन प्रदेश नम्बर ४ का संयोजक सुमन आचार्य, नयाँ

शक्ति निकट प्रेस सोसाइटीका केन्द्रीय सदस्य नवराज बराल लगायत ठूलो संख्यामा युवा विद्यार्थीहरू लाजिम्पाट पुगेर माओवादी केन्द्र प्रवेश गरे।

गत चैत ६ गते नयाँ शक्ति नेपाल मलेसियाका संस्थापक सदस्य राजु ढुंगाना ‘प्रनिल’ सहित २६ जना सदस्यले नयाँ शक्ति परित्याग गरे। उनीहरूले नयाँ शक्ति बाबुराम भट्टराईको निजी कम्पनीजस्तो भएको र बाहिर भनेअनुसारको राजनीतिक बातावरण नरहेको आरोप लगाएका थिए।

यतिबेला नयाँ शक्ति छाड्ने क्रम बढेको छ। बिहीबारमात्र नयाँ शक्तिसँग असन्तुष्ट एउटा पक्षले नेता देवेन्द्र पौडेलको नेतृत्वमा पत्रकार सम्मेलन गरेको छ। यसरी पत्रकार सम्मेलन गर्नेमा पौडेलसहित कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षत्री लगायतका नेताहरू छन्।
उता नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा पनि पार्टी परित्याग गर्ने अन्तिम तयारीमा रहेका छन्। उनी माओवादी केन्द्र प्रवेश गर्ने तयारीमा रहेका छन्। नेपाल खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah