म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बीचमा आवतजावतका लागि म्याग्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ। गएराति अविरल वर्षासँंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाव बढेपछि झोलुंगे पुल बगाएको हो।

झोलुंगे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयवासीलाई आवतजावत बन्द भएको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका अध्यक्ष डिल पुनले बताए। उनले तत्काल वैकल्पिक व्यवस्था गर्न नसकेमा सिंकोसबगरमा सर्वसाधारण वारिपारी आउनबाट वञ्चित हुनेछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

म्याग्दी नदीको पारिपट्टि रहेको सिंकोसबगरमा करिब एक दर्जन घरधुरीको बसोबास रहेको छ। म्याग्दी नदीमा जीर्ण अवस्थामा रहेको सो पुलबाट यसअघि स्थानीयवासीले जोखिम मोलेर वारपार गर्दै आएका थिए।

करिब दुई दशक अगाडि निर्माण गरिएको सो झोलुंगे पुललाई स्थानीयवासीले मर्मत गरी वारपारको माध्यम बनाएका थिए। रासस