एजेन्सी ।नेपालीमा एउटा उखान छ, ‘संगत गुनाको फल’ यदी संगत राम्रो भएन भने बच्चाहरु बिग्रने अत्यधिक सम्भावना रहन्छ । जिद्दी बच्चाहरु कुनै पनि आफ्नो मन पर्ने चीज प्राप्त गर्नका लागि कुनै पनि हदसम्म जिद्दी गर्छन् ।

धेरैपटक सम्झाउँदा वा नगर्न भन्दा पनि जानीबुझी बच्चाले त्यो काम गरिरहन्छ भने सम्झनुस् बच्चा बिग्रीसकेको छ । तपाईंको कुरा कत्ति पनि सुन्दैन भने बच्चा बिग्रिएको भन्ने बुझ्नुपर्छ ।

यदी बच्चाले अभद्र व्यवहार, गालीको प्रयोग वा कुनै पनि नराम्रो शब्दहरु जो तपाईंले घरमा बोल्न प्रयोग गर्नुहुन्न, त्यस्तो भाषा प्रयोग गर्छ भने बच्चामा गलत संगतको असर परेको छ भन्ने बुझिन्छ ।

बच्चा धेरै लडाईं झगडा गर्ने वा अन्य बच्चालाई थप्पड लगाउने वा हान्ने गर्दछ भने पनि बच्चा बिग्रिएको भन्ने बुझ्नुपर्छ । यदी बच्चाले कोही कक्षाको साथी वा कसैको सामान चोर्ने गर्छ भने पनि बच्चा बिग्रिएको बुझ्नुपर्छ ।

यदी बच्चाले अन्य बच्चालाई पटक पटक जिस्काउने वा रिस उठाउने व्यवहार गर्छ भने पनि यो राम्रो बानी होइन ।

यस्तो अवस्थामा यदी तपाईं ठूलो स्वरमा बोल्ने गाली गर्ने गर्नुभयो भने बच्चा झनै बिग्रन सक्छ । त्यसैले यस्तो स्थितिमा बच्चालाई राम्रोसँग शान्त भएर सम्झाउनु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय