झापाको बाह्रदशी गाउँपालिकाले बालाचतुर्दशी पर्वका दिन स्थानीय बिदा दिएको छ । मङ्सिर २० गतेको कार्यपालिकाको बैठकले हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा यही मङ्सिर २५ गते सोमवार बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटीले शुक्रवार सूचना जारी गरी सो दिन गाउँपालिका कार्यालय र मातहतका शाखा , वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाएकी छन् ।