दमक/ झापाको दमकमा लागुऔषध सम्बन्धिको एक कार्यक्रममा सहभागि हुन आएका कोशी प्रदेशका मूख्यमन्त्रीको सवारी रोक्ने प्रयास भएको छ । प्रहरी स्कर्टिङमा आएको मुख्यमन्त्री केदार कार्की सवार रहेको सवारीलाई पहिचानबादी बताउनेहरुले रोक्ने प्रयास गरेकाहुन् ।

कार्यक्रमस्थल जाने क्रममा दमक चोकमा प्रहरीको भेन अगाडि र पछाडि रहेपनि अगाडिको प्रहरी भेन कटनसाथ कालोझण्डा बोकेका युवाहरुले मुख्यमन्त्रीको गाडि रोक्ने प्रयास गरेका थिए ।

बिरोधकर्ताहरुले गाडिमा मुक्का प्रहार गरेको समेत पाईएको छ । कालोझण्डा सहित पहिचानबादी बताउनेहरु विहानैदेखि दमकमा मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउन बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय